इरानले स्वीकार्यो– युक्रेनी विमानमा आफूले मिसाइल हानेको थियो
इरानमा विमान दुर्घटनाग्रस्त भएकाे ठाउँ ।

एजेन्सी– इरानले आफ्नो सेनाले ‘झुक्किएर’ युक्रेनी विमानमा मिसाइल हानेको र विमान दुर्घटनाग्रस्त भएको स्वीकार गरेको छ । इरानको सरकारी टिभीमा यो समाचार प्रसारण भएको हो । 

युक्रेन अन्तर्राष्ट्रिय एयरलाइन्सले सन्चालन गरिरहेको बोइङ ७३७ इरानमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १ सय ७६ यात्रुको नै निधन भएको थियो । 

शनिबार विहान यसलाई मानवीय त्रुटी भन्दै इरानको टिभीमा यो समाचार प्रसारण भएको हो । 

यसअघि पश्चिमा देशहरुले इरानले मिसाइल हानेर यो विमान दुर्घटना भएको आरोप लगाउँदा इरानले बारम्बार यसलाई अस्वीकार गर्दै आएको थियो । तर, अमेरिका, क्यानडा तथा बेलायतले विमान इरानकै कारण दुर्घटनामा परेको बताउँदै आएका थिए । 

युक्रेनको राजधानी किभमा जानका लागि उडान भरेको विमानमा ८२ इरानी, ६३ क्यानेडियन र ११ जना युक्रेनी सवार थिए । 





  • प्रकाशित मिति : पुस २६, २०७६ शनिबार ९:५४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया