Mon, 27 Jan, 2020


सरकारको अर्थनीतिबाट उद्यमी, व्यापारी डराउन आवश्यक छैन : अर्थमन्त्री
फरकधार / पुस २६, २०७६

पर्सा– अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले ल्याएको अर्थनीतिबाट उद्यमी, व्यापारी डराउन आवश्यक नभएको बताएका छन् ।



वीरगञ्ज उद्योग वाणिज्य संघको ४४औँ वार्षिक साधारसभाका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले सरकारको अर्थ नीतिकै कारण ब्याजदर कम हुँदै जानुको साथै व्यापार घाटासमेत घट्दै गएको जानकारी दिए ।

उनले व्यापारका क्रममा भएका सामान्य प्रक्रियागत त्रुटीकै आधारमा सरकार दण्डित गर्ने मनसायमा नभएको स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले राष्ट्रिय अर्थतन्त्रलाई आघात पुर्याउने, राजश्व चुहावट तथा अवैधानिक व्यापार गर्नेलाई कानुनको दायरामा ल्याइछाड्ने नीति रहेको बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, सांसद प्रदीप यादव, प्रदेशसभा सदस्य ओमप्रकाश शर्मालगायतले व्यापार प्रवर्द्धन तथा विदेशी लगानी भित्रिने व्यापार मैत्री कानुन निर्माण गर्न आग्रह गरे ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्