विप्लव स्वयं नेकपामा आउनुपर्छ, ढिला गरे उहाँलाई नै बेफाइदा : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्द विप्लव एक दिन नेकपामा आउने विश्वास व्यक्त गरेका छन् । 

प्रचण्डले विप्लव समूहका पोलिटब्युरो सदस्य मोहन कार्कीलगायतलाई नेकपा प्रवेश गराउँदै भने, ‘भोलि स्वयं विप्लव पनि आउनुपर्छ, आउन ढिला गर्नुभयो भने त्यसले उहाँलाई पनि फाइदा गर्दैन ।’ 

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले एक दिन विप्लव पनि यसैगरी नेकपामा आउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा विप्लव समूहका पोलिटब्युरो सदस्य मोहन कार्कीलगायत केही नेतालाई प्रचण्डले अबिर–माला लगाएर नेकपा प्रवेश गराएका थिए । 





  • प्रकाशित मिति : पुस २६, २०७६ शनिबार १४:८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया