ए डिभिजन लिग : मछिन्द्रको अपराजित यात्रा कायम

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले आफ्नो अपराजित यात्रालाई कायम राख्ने क्रममा जावलाखेल युवा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा मछिन्द्रलाई जित दिलाउन खेलको ३१औँ मिनेटमा विशाल राईले गरेको गोल नै पर्याप्त रह्यो । 

पिटर सेगुन खेलको उत्कृष्ट खेलाडी घोषित भए । यो जितसँगै ६ खेलबाट १३ अंक जोडेर मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको छ ।   

त्यस्तै, प्रतियोगितामा पहिलो हार बेहोरेको जावलाखेल समान खेलबाट ९ अंक जोडेर लिगको चौथो स्थानमा कायम छ ।   
 





  • प्रकाशित मिति : पुस २६, २०७६ शनिबार १४:५३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया