माछापुच्छ्रे बैंकले ल्यायाे किसान कार्ड सेवा

काठमाडौं– माछापुच्छ्रे बैंकले साना किसानहरुको कृषि ब्यवसायमा आवश्यक पर्ने चालू पुँजी खर्च परिपूर्ति गर्ने उद्देश्यअनुरुप माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्राम र हेफर इन्टरनेशनल नेपालसँगको सहकार्यमा सो सेवा सञ्चालनमा ल्याएको हो । 

विभिन्न १४ जिल्लाका किसानलाई प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको उक्त किसान कार्डअन्तर्गत किसानहरुले ४ लाखसम्मको कृषि कर्जा किसान कार्डमार्फत प्राप्त गर्नेछन् । पहिलो चरणमा हेफर इन्टरनेशनल नेपालसँग आबद्घ बाँके जिल्लाको खजुरा गा.पा.मा अवस्थित श्री साझा फुलबारी उद्यमी महिला सहकारीका कृषकहरुलाई उक्त कार्ड प्रदान गरी सेवाको सुरुवात गरिएको छ । 

सो कृषि कर्जाको आवेदन तथा स्वीकृति प्रक्रिया बैंकले क्रेडिट स्कोरिङ मोडेलबाट सरल तरिकाले गर्नेछ । उक्त किसान कार्डमार्फत कृषकहरुले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवामार्फत आफ्नो कार्डमा उपलब्ध सीमाभित्र रहने गरी कारोबार गर्न सक्नेछन् । 

बैंकले देशका विभिन्न ग्रामीण क्षेत्रमा रहेका साना किसानहरुलाई व्यवसायमा सहयोेग गरी आय आर्जनमा बढावा दिने तथा स्वरोजगारीको अवसर सिर्जनाका लागि उक्त किसान कार्ड सुविधा ल्याएको हो । 

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १ सय ४४ वटा शाखालगायत १ सय ३८ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा २ सय ८२ स्थानवाट ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्नुका साथै, बैंकको देशभर १ सय ७२ वटा एटिएममार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ । 





  • प्रकाशित मिति : पुस २७, २०७६ आइतबार १४:१६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया