काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आज भएको खेलमा फ्रेन्ड्सले थ्रिस्टार क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
खेलको १३औँ मिनेटमा विश्व अधिकारीको फ्रिकिक बलमा हेडमार्फत उत्कृष्ट गोल गर्दै ब्राजिलियन खेलाडी वाग्नर डी कार्मोले फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए ।
वाग्नरको यो गोल नै फ्रेन्ड्सलाई जित दिलाउन पर्याप्त रह्यो । वाग्नर डी कार्मो खेलको उत्कृष्ट खेलाडी घोषित भए ।
यो जितसँगै ६ खेलबाट ५ अंक जोड्दै फ्रेन्ड्स अंक तालिकाको ११औँ स्थानमा उक्लिएको छ । पराजय बेहोरेको थ्रिस्टार भने समान खेलबाट १० अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा कायम छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।