प्रतिनिधिसभालाई सत्तारुढ दलको लाचार छाया बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद : नेपाली कांग्रेस

काठमाडौं– सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ । 

कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्रजिम्मेवारीका रुपमा लिएको छ । पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभाको बैठक पटक–पटक स्थगित गरेकामा कांग्रेसले आपत्ति जनाएको छ ।

संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्त्व हुने उल्लेख गर्दै प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘३ महिनादेखि रिक्त पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारुढ दलभित्रको विवादको छायामा प्रतिनिधिसभालाई लाचार छाया बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ।’ 

सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई सचेत गराउँदै कांग्रेसले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी नबनाउन र तत्काल निकास दिन आग्रह गरेको छ ।

नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने पक्षमा सहमति नजुट्दा आइतबार बोलाइएको प्रतिनिधिसभा बैठक पटक–पटक स्थगित भएको छ । सो विषयमा सहमति नहुँदा आइतबार १ बजेका लागि तोकिएको संसद् बैठक माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।





  • प्रकाशित मिति : पुस २७, २०७६ आइतबार १४:४७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया