किन पक्राउ गर्यो इरानले बेलायती राजदूतलाई ?

तेहरान– इरानले लागि इरानका लागि बेलायती राजदूत रोबर्ट मैकेयरलाई पक्राउ गरेको छ । आइतबार इरान सरकारविरुद्ध गरिएको प्रदर्शनबाट उनलाई पक्राउ गरिएको हो । 

बेलायतले राजदूत पक्राउ गरेर इरानले अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन गरेको प्रतिक्रिया दिएको छ ।  बेलायती विदेशमन्त्री डोमिनिक राबले राजदूत पक्राउको घटनाको निन्दा गर्दै यस्तो बताएका हुन् । 

इरानमा भएको युक्रेनी विमान दुर्घटनामा मृत्यु भएकाप्रति समवेदना र इरान सरकारविरुद्धको विरोधसभामा सहभागी भएको आरोपमा उनलाई पक्राउ गरिएको हो । यद्यपि राजदूत मैकेयरले आफू प्रदर्शनमा सहभागी नभएको बताएका छन् । 

इरानी सञ्‍चारमाध्यमहरुले राजदूत सरकारविरोधी गतिविधिमा संलग्‍न भएको आरोप लगाएका छन् । उनलाई तीन घण्टापछि रिहा गरिएको थियो । 





  • प्रकाशित मिति : पुस २७, २०७६ आइतबार १६:४२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया