ए डिभिजन लिग : बराबरीमा रोकिए ब्रिगेड र सरस्वती

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज तथा सरस्वती युवा क्लबले गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा दुवै टोलीले केही अवसर प्राप्त गरेता पनि गोल भने गर्न सकेनन् । 
 
यो बराबरीसँगै सरस्वतीले प्रतियोगितामा पहिलो अंक जोडेको छ । सरस्वतीका मनीष थापा खेलको उत्कृष्ट खेलाडी घोषित भए । 

यो बराबरीसँगै ६ खेलबाट ७ अंक जोड्दै ब्रिग्रेड ब्वाइज अंक तालिकाको आठौँ स्थानमा यथावत् छ भने प्रतियोगितामा पहिलो अंक जोडेको सरस्वती पनि अन्तिम स्थानमा यथावत् छ । 





  • प्रकाशित मिति : पुस २७, २०७६ आइतबार १७:२४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया