नेप्सेमा भारी वृद्धि, सवा अर्बमाथिकाे कारोबार

काठमाडौं– धितोपत्र बजारमा पछिल्लो एक वर्षको अवधिमा नेप्से परिसूचकमा आइतबार सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२० को शुरुआतसँगै उकालो लागेको शेयर कारोबारमा मापक नेप्से परिसूचक ‘बुलिस ट्रेण्ड’ पछ्याउँदै करिब ४३ अंकले वृद्धि भएको छ । प्रतिशतका आधारमा आजको वृद्धि ३.५१ हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४२.६१ विन्दुले बढेर एक हजार २५५.७२ मा पुगेर रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूकसमेत ८.४७ विन्दुले बढेर २७२.७३मा पुगेको छ । बिमा समूहले ‘बुलिस ट्रेण्ड’ पछ्याउँदा कारोबार रकममा समेत उच्च अंकले वृद्धि भएको छ । 

नेप्सेका अनुसार कुल १७९ कम्पनीको ३८ लाख ३१ हजार ५४ कित्ता शेयर एक अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९६७ मूल्यमा खरिद–बिक्री भयो । कारोबार भएका कुल १२ उपसमूहकै शेयरमा भारी वृद्धि देखिएको छ । बैंकिङ २७.३, व्यापार ११.५९, होटल ७५.८४, विकास बैंक ४३.३३, जलविद्युत् ३१.०७, वित्त १३.९२, निर्जीवन बिमा ३८४.२१, उत्पादन ३४.५४, अन्य १७.९२, लघुवित्त १२२.०२, जीवन बिमा ४०९.२७ र सामूहिक लगानी कोष ०.२४ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा देखिएको छ । सो कम्पनीको पाँच करोड ८८ लाख १९ हजारबराबरको कारोबार भयो ।

गरिमा विकास लघुवित्त वित्तीय संस्थाको चार करोड ६३ लाख ५६ हजार ५०४, एनआएसी एशियाको चार करोड सात लाख ८१ हजार ११०, शिवम् सिमेन्टको तीन करोड ९८ लाख २४ हजार १४९, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको तीन करोड ७६ लाख २७ हजार २९१, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको तीन करोड ७४ लाख पाँच हजार २५७, नेपाल बैंक लिमिटेडको तीन करोड तीन लाख ५३ हजार ४८९ र प्रभु बैंकको दुई करोड ९१ लाख ३८ हजार १२५ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । 

नेप्सेका अनुसार प्रिमियर इन्स्योरेन्स कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, सिद्धार्थ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी १० प्रतिशतले कमाए । स्वाभिमान लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले कमाए । एशियन लाइफ इन्स्योरेन्स र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९‍.७ प्रतिशतले कमाए । 



यस्तै माउन्टेन हाइड्रो नेपालका शेयरधनीले २.१५, सिनर्जी पावर २.०८, सिटिजन म्युचुअल फण्ड र युनियन हाइड्रोपावर १.७२, सिन्धु विकास बैंक १.६२ तथा प्राइम बैंकका लगानीकर्ताले १.३९ प्रतिशतले कमाए । बैंकिङ तरलता सहज हुँदै गएको, साना तथा ठूला लगानीकर्ता सक्रिय भएको र लगानीकर्तामा बजार बढ्छ भन्ने आत्मविश्वास बढ्दै गएकाले शेयरबजारमा उल्लेख्य सुधार आएको हो ।



  • प्रकाशित मिति : पुस २७, २०७६ आइतबार १७:३३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया