ए डिभिजन लिग : च्यासल र एपिएफबीचको खेल बराबरीमा सकियो

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युवा क्लब तथा सशस्त्र प्रहरी बल (एपिएफ)बीचको खेल गोलरहित बराबरीमा सकिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आज भएको खेलमा दुवै टोलीले केही राम्रो  अवसर प्राप्त गरेता पनि त्यसलाई गोलमा भने परिणत गर्न सकेनन् ।
 
खेलको २५औँ मिनेटमा च्यासलका आमिर खड्काको प्रहारलाई एपिएफ गोलरक्षक अमृतकुमार चौधरीले उत्कृष्ट बचाउ गरेका थिए । त्यस्तै, ३४औँ मिनेटमा च्यासलका कप्तान सन्तोष साहुखलको प्रहारलाई पनि गोलरक्षक चौधरीले   गोलमा परिणत हुन दिएनन् ।

३८औँ मिनेटमा एपिएफका रवि थिङको प्रहारलाई च्यासलका गोलरक्षक एलन न्यौपानेले रोकेका थिए । त्यस्तै, खेलको ५४औँ मिनेटमा राजीव लोप्चनको हेडर बललाई पनि गोलरक्षक न्यौपानेले उत्कृष्ट बचाउ गरेका थिए ।

एपिएफका राजन गुरुङ खेलको उत्कृष्ट खेलाडी घोषित भए । 

यो बराबरीसँगै ६ खेलबाट ६ अंक जोडेको च्यासल लिगको १०औँ स्थानमा यथावत् छ भने समान खेलबाट ५ अंक जोडेको एपिएफ ११औँ स्थानमा उक्लिएको छ । 





  • प्रकाशित मिति : पुस २८, २०७६ साेमबार १७:२२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया