जगदीश घिमिरे स्मृति पुरस्कार डा‍. सन्दुक रुइतलाई प्रदान

रामेछाप– वरिष्ठ नेत्ररोग विषेशज्ञ डा‍. सन्दुक रुइत जगदीश घिमिरे स्मृति पुरस्कारबाट पुरस्कृत भएका छन् । स्व. घिमिरेको गृहनगर रामेछापको मन्थलीमा सोमबार आयोजित कार्यक्रममा डा. रुइतलाई मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार बस्नेतले ५१ हजार नगद र सम्मानपत्रसहित सम्मान गरे । 

कार्यक्रम जगदीश घिमिरे प्रतिष्ठानले आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै डा. रुइतले स्व. घिमिरेको अगुवाइमा स्थापना भएको तिलगंगा आंँखा केन्द्रले  छुट्टै पहिचान बनाउन सफल भएको बताए । घिमिरेले समाजसेवामा देखाएको बाटो आफूहरुका लागि पनि प्रेरणाको पथ भएको भन्दै उनले राज्यले घिमिरेको योगदानको कदर गर्न नसकेको बताए । 

कार्यक्रमका प्रमुख अतिथि मन्थली नगरपालिकाका मेयर रमेश बस्नेतले जगदीश घिमिरेको योगदानको कदर गर्दै नगरपालिकामा घिमिरेको नाममा संग्रहालय स्थापना गर्न लागेको जानकारी पनि दिए । 





  • प्रकाशित मिति : पुस २८, २०७६ साेमबार १७:३४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया