सवारी दुर्घटनामा गायक निशान भट्टराईको निधन

काठमाडौं– सवारी दुर्घटनामा गायक निशान भट्टराईको निधन भएको छ । 

सोमबार राति उनी दरबारमार्गमा रहेको बानथाई रेष्टुरेन्टबाट निवास फर्किने क्रममा दुर्घटनामा परेका थिए । गायक भट्टराईले आफैं चलाएको कार सडक किनारको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो ।

अस्पतालमा उनलाई मृत घोषित  गरियो । 

४० दशकदेखि गायनमा छिरेका भट्टराई गजल गायनमा चलेको नाम हो । 





  • प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार ११:६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया