एजेन्सी– बलिउड अभिनेत्री अमिषा पटेल र उनका बिजनेस पार्टनर कुणाल ग्रुमलाई झारखण्डको उच्च अदालतले राहत दिएको छ । अदालतले यी दुईविरुद्ध तल्लो अदालतले जारी गरेको वारेन्टलाई तत्कालका लागि खारेज गरिदिएको फैसला सुनाएको हो ।
तल्लो अदालतले दुवैलाई पक्राउ गर्ने पुर्जी काटेको थियो । यसलाई उच्च अदालतले रोकेको हो ।
सोमबार भएको सुनुवाईमा अमिषाविरुद्ध लगाइएको मुद्दा गलत भएको बताइएको छ । अमिषाविरुद्ध अजय कुमार सिंहले ठगी गरेको आरोपमा मुद्दा हालेका थिए । उनले पैसा लगानी गरेको फिल्म समयमा पूरा नभएको र त्यसमा लगानी गरेको पैसा पनि आफूले नपाएको भन्दै अजयले मुद्दा हालेका थिए । अमिषाले उनलाई तिर्नु पर्ने पैसाको ३ करोडको चेक दिएकी थिइन् । तर, यो बाउन्स भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।