के विवाहको तयारीमा जुटेका हुन् अर्जुन–मलाइका ?

एजेन्सी– बलिउड अभिनेता अर्जुन कपुर तथा मलाइका अरोडको सम्बन्धबारे अब सबैलाई थाहा भएकै कुरा हो । यी दुवैले पछिल्लो समय खुलेर कुरा गर्न पनि थालेका छन् । र, केही दिन यता यी दुईको विवाह हुने विषयमा विभिन्न समाचार पनि आइरहेका छन् । 

एक अन्तर्वार्तामा अर्जुनलाई यस विषयमा सोधिएको पनि छ । उनलाई उनको परिवारले विवाहका लागि प्रेसर दिएको छ कि छैन भन्ने प्रश्न सोधिएको थियो । यो प्रश्नको उत्तरमा अर्जुनले भनेका छन्, ‘मेरो परिवारलाई राम्रोसँग थाहा छ, म सबैको कुरा सुनेपनि आफ्नो मात्र फैसला गरिरहेको हुन्छु । त्यसैले यस्तो कुरामा उनीहरु मलाई प्रेसर दिँदैनन् ।’

उनले अहिले विवाहको तयारी नगरेको भए पनि यसबारे तयारी गरेपछि आफूले खुलेर नै कुरा गर्ने बताएका छन् । 

त्यसो त मलाइकाले पनि केही दिनअघि एक अन्तर्वार्तामा विवाहका लागि अहिले नै कुरा गर्नु हतार हुने बताएकी थिइन् । 





  • प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार ११:३९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया