काठमाडौं– नेपालका लागि भारतीय राजदूतमा विनय मोहन क्वाट्रा नियुक्त भएका छन् । केही दिनअघि राजदूत मन्जीवसिंह पूरीको कार्यकाल सकिएको थियो ।
विनय मोहन यसअघि फ्रान्सका लागि भारतीय राजदूत भइसकेका व्यक्ति हुन् ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लगायतका संस्थामा पनि काम गरेका विनयले भारतीय मिसनलाई चीन र अमेरिकामा पनि नेतृत्व गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।