अब प्रहरी जवान र अधिकृतलाई एउटै मेसको खाना

काठमाडौं– अब उपत्यकका प्रहरी जवान र अधिकृतको खाना खाने मेस एउटै हुने भएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले मातहतका सबै इकाई प्रमुखलाई जवानसँगै बसेर खाना खान निर्देशन दिएसँगै यो व्यवस्था हुन लागेको हो । 

हालसम्म प्रहरी अधिकृतका लागि र जवानका लागि छुट्टाछुट्टै मेसको व्यवस्था हुँदै आएको थियो । सो अन्त्यका लागि डिआइजी) विश्वराज पोखरेलले मातहतका सबै प्रहरी इकाई प्रमुखलाई बोलाएर साझा मेस तयार गर्न निर्देशन दिएका छन् । 

पोखरेल उपत्यकाको तीन जिल्ला हेर्ने आयुक्तको कार्यालयका प्रमुख हुन् । उनले १० दिनभित्र सुविधासम्पन्न साझा मेस तयार गर्न निर्देशन दिएका छन् । उनले उत्कृष्ट काम गर्ने १० जना कार्यालय प्रमुख र लेखापाललाई पुरस्कृत गरिने पनि बताएका छन् । 

उपत्यकाका विभिन्न प्रहरी कार्यालयका जवानको मेस निरीक्षणपछि उनले यस्तो निर्देशन दिएका हुन् । मेस सुधार कार्यक्रमले सामूहिक भावनाको विकास हुँदै जाने उनको विश्वास छ ।





  • प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार १५:२९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया