संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्नेमा डा. शेखर कोइरालाकाे जाेड

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिएका छन् ।

कोइराला निवासमा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर बन्नुपर्ने बताए। 

केन्द्रीय सदस्य कोइरालाले संघीयता बलियो भए मात्र गणतन्त्र बलियो बन्ने बताउँदैै देशमा उत्पन्न हुन सक्ने कठिन परिस्थितिलाई सामान्य बनाउन सरकारलाई संवेदनशील रहन आग्रह समेत गरे ।

कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा महिलातर्फ सुनसरी धरान उपमहानगरपालिका–१ निवासी ६५ वर्षीया मीना पुलामी मगर, दलिततर्फ फिदिम नगरपालिका–१ निवासी ३९ वर्षीय निरबहादुर विश्वकर्मा र खुलातर्फ झापा भद्रपुर नगरपालिका–८ निवासी ५८ वर्षीय राजेन्द्र घिमिरे रहेका छन् ।





  • प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार १५:४१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया