पुरानो संसद् भवन भत्काएर नयाँ बनाउन सरकारलाई विकास समितिको निर्देशन

काठमाडौं– संसदीय समितिले पुरानो संसद भवन भत्काउन सरकारलाई निर्देशन दिएको छ । संसद्को विकास तथा प्रविधि समितिले पुरानो भवन भत्काएर नयाँ बनाउन निर्देशन दिएको हो । 

यसबारे छलफलका लागि समितिले मंगलबार सहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँग छलफलको आयोजना गरेको थियो । सर्वपक्षीय छलफलपछि समितिले नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको छ ।

सो भवन २०७२ वैशाखको भूकम्पका कारण क्षतिग्रस्त भएको थियो । सो भवन उपयोग गर्ने सम्भावना नभएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको समिति सभापति कलयाणी रिजालको भनाइ छ । 

सो भवन भत्काएर नयाँ भवन बनाउने सहमति भए पनि नयाँ भवन कुन प्रयोजका लागि प्रयोग गर्ने भन्ने विषयमा भने अन्योल नै छ ।





  • प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार १६:५२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया