काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब तथा संकटा क्लबले १–१को बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा सुरुवाती अग्रता लिएको आर्मी अन्तिमसम्म आइपुग्दा अंक बाँड्न बाध्य भयो ।
खेलको २९औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । ५२औँ मिनेटमा १० खेलाडीमा सीमित भएपछि आर्मी दबाबमा आएको थियो । आर्मीका युद्ध शाही दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाड्न बाध्य भएका थिए ।
संकटाका अमित तामाङले ५५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । आर्मीका सुमन अर्यालले डिबक्सभित्र हातले बल छोएपछि संकटाले पेनाल्टी पाएको थियो ।
यो बराबरीसँगै आर्मीले अंक तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । आर्मी ६ खेलबाट १३ अंक जोड्दै लिगको दोस्रो स्थानमा यथावत् छ भने संकटा पनि समान खेलबाट ८ अंक जोड्दै लिगको आठौँ स्थानमा यथावत् छ ।
आर्मीका जर्ज प्रिन्स कार्की खेलको उत्कृष्ट खेलाडी घोषित भए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।