टिकटक भिडियो बनाउँदा आफैंलाई गोली ठोकेपछि...

एजेन्सी– पछिल्लो समय निकै चलेको भिडियो सामाजिक सन्जाल हो, टिकटक । तर, यसका कारण विश्वका विभिन्न ठाउँमा अनेक दुर्घटना पनि निम्तिएका छन् । 

त्यस्तै एउटा दुर्घटनाको समाचार आएको छ, भारतको उत्तरप्रदेशस्थित बरेलीबाट । त्यहाँ एक युवाले टिकटक भिडियो बनाउन जिद्दी गरेर आफ्नी आमासँग घरमा राखिएको पेस्तोल मागेछन् । १८ वर्षका केशव नामका यी युवाले जिद्दी गरेर आमासँग लिएको पेस्तोल नै गोली चलेपछि परिवारकाले बल्ल थाहा पाए ।

उनको बेडरुममा पुग्दा उनी रगतले आहाल भएका थिए । त्यसपछि उनलाई अस्पताल पुर्याइएको थियो । तर, त्यहाँ उनको निधन भएको घोषणा गरियो । प्रहरीले यो मुद्दाको जाँच सुरु गरेको छ ।





  • प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार १७:५४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया