बसपा नेतामाथि लाग्यो नाबालिग बलात्कारको आरोप

एजेन्सी– भारतको नोएडाका बसपा नेतामाथि एक महिलाले आफ्नी नाबालिग छोरीमाथि बलात्कार गरेको आरोप लगाएकी छिन् । यी महिलाले ती नेताहरुले साथीसँग मिलेर आफ्नी छोरीको बलात्कार गरेको मात्र होइन, भिडिओसमेत बनाएको आरोप लगाएकी हुन् । 

प्रहरीले महिलाले बसपा नेता दयाराम जाटवको अफिसमा यो कार्य भएको भन्दै उजुरी दिएको जनाएको छ ।

बसपा नेताको अफिसमा छोरी बाबुसँग गएको र बसपा नेताले बाबुलाई कुनै सामान लिन बाहिर पठाएर उनीमाथि जबरजस्ती गरेको उनले आरोप लगाएकी छिन् ।  

तर, बसपा नेताले आफूलाई फसाउन यस्तो आरोप लगाएको बताएका छन् ।





  • प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार १८:२५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया