एजेन्सी– पछिल्लो समय इरान र अमेरिकाबीच बढ्दो तनावले तेस्रो विश्वयुद्ध हुनसक्ने आशंकाहरु बढेका छन् । यहीबीच जर्मनीको डर्टमुन्ड सहरमा दोस्रो विश्वयुद्धका दुई बम निस्क्रिय पारिएको छ । यसका लागि त्यहाँको वरपरको क्षेत्रबाट हजारौँ मानिसलाई हटाइएको थियो ।
यीमध्ये एक बमको वजन २५० किलोग्राम थियो । बम डिफ्युज गर्दा त्यहाँका अधिकारीहरुले त्यहाँका अस्पताल पनि खाली गराएका थिए । त्यस्तै, १४ हजार मानिसहरुलाई पनि त्यहाँबाट हटाइएको थियो ।
त्यस्तै, यी दुई बम डिस्पोज गर्दा त्यहाँको मेट्रो स्टेसन पनि बन्द गराइएको थियो । बम डिस्पोज गरिसकेपछि चाहिँ सबै सेवाहरु सुरु भएको छ । दोस्रो विश्वयुद्ध सकिएको झन्डै ७५ वर्षपछि जर्मनीमा यो बम फेला परेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।