माघीको आकर्षण, थारु जातिको मौलिक परिकार ‘ढिक्री’

काठमाडौं– नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै थारु जातिको बसोवास छ । खासगरी, पश्चिम तराईको कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा बस्ने थारुहरुले विशेष रुची र उल्लासका साथ माघी पर्व मनाउँछन् । 

थारु समुदायमा अहिले माघीको रौनक छाएको छ । माघीलाई उल्लासमय बनाउने सन्दर्भमा के–के खाने भन्नेमा पनि सचेत छन् थारुहरु । माघीमा जति चासो रमाइलो र मनोरञ्जनमा दिइन्छ, त्यति नै चासो परिकारहरुमा पनि रहन्छ । माघीमा बन्ने परिकारमध्ये एक प्रसिद्ध परिकार हो ढिक्री । 

यो थारु समुदायको ‘टिपिकल’ परिकार हो । त्यसैले, माघीमा यसको विशेष महत्व छ । यसलाई माघीको विशेष आकर्षण भन्दा फरक पर्दैन । थारु गाउँलगायत राष्ट्रियस्तरमा हुने माघी महोत्सवमा समेत ढिक्री नै मुख्य आकर्षण बनेको देखिन्छ । 

‘ढिक्री’ चामलको पिठोबाट बनाइन्छ । यो गोलो, लामो, थेप्चो विभिन्न आकारमा बनाइन्छ । तर, ढिक्रीसम्बन्धी धार्मिक विश्वास के छ भने, दसैँमा देवतालाई चढाउन यो विभिन्न आकारमा बनाइन्छ भने अरु समयमा त्यस्तो विभिन्न आकारमा बनाउन मिल्दैन । त्यसैले, माघीमा लामो आकारको ढिक्री मात्र बनाइन्छ ।

स्वास्थ्यका दृष्टिले ढिक्री अति फाइदाजनक छ । यसलाई पकाउँदा कुनै पनि मसलाको प्रयोग हुँदैन । र, यसलाई केवल पानीको बाफमा मात्र उमालिन्छ ।



पछिल्लो समय विभिन्न कार्यक्रम तथा महोत्सवमा ढिक्री बिक्रीका लागि राखिन्छ । त्यस्तो वेला भने कसैकसैले  ढिक्रीमा चिनी पनि राख्छन् । जसले गर्दा ढिक्रीको मौलिक स्वादभन्दा केही फरक (गुलियो) स्वाद यसमा पाइन्छ । तर, गाउँघरमा बनाइने ढिक्रीमा चिनीको प्रयोग हुँदैन । 



  • प्रकाशित मिति : माघ १, २०७६ बुधबार ६:२६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया