एजेन्सी– फिल्म छपाककी निर्देशक मेघना गुलजारले सोमबार अभिनेत्री दीपिका पादुकोण जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) गएको विषयमा आफ्नो धारणा राखेकी छिन् । उनले त्यहाँ आक्रमणमा परेका छात्रहरुलाई दीपिकाले साथ दिनु उनको नीजि कुरा भएको बताएकी छिन् ।
मेघनाले दर्शकसँग पनि अनुरोध गरेकी छिन् कि छपाक फिल्म हेर्नका लागि दीपिकाको यो कदमको कुनै पनि असर पर्नु हुँदैन ।
‘सबैको नीजि र व्यवसायिक जीवन अलग अलग हुन्छ,’ छापककी निर्देशक मेघनाले बताएकी छिन्, ‘दीपिका त्यहाँ जानु पनि उनको आफ्नो निर्णय थियो, उनले फिल्ममा त्यो निर्णयका कारण काम गरेकी होइनन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।