९४ वर्षमा बिजनेस सुरु गर्ने महिला आनन्द महिन्द्राकी इन्ट्रप्रेनर अफ दी इयर

एजेन्सी– भारतका बिजनेस टाइकुन आनन्द महिन्द्राले एक प्रेरणादायी महिलाको स्टार्टअपको तारिफ गरेका छन् । 

उनले ९४ वर्षकी हरभजन कौरको कथालाई ट्विटरमा सेयर गर्दै यसले आफूलाई निकै प्रेरणा दिएको बताएका हुन् । कौरले चाहिँ ९४ वर्षको उमेरमा पनि घरमा नै बेसनको बर्फी बनाउने रहिछिन् । उनकी छोरीले त्यसलाई बेच्ने गरेकी रहिछिन् । चन्डीगढकी हरभजन कौरले यसको सुरुवात चार वर्ष पहिले गरेकी हुन् । 

‘उनी मेरो यो वर्षका लागि सबैभन्दा ठूलो व्यापारी हुन्,’ माहिन्द्राले लेखेका छन्, ‘अब स्टार्टअप शब्दमा ९४ वर्षकी यी महिलालाई पनि सम्झिनु पर्छ ।’





  • प्रकाशित मिति : माघ १, २०७६ बुधबार ११:१४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया