शिवसेनाका नेताले लगाए आरोप– भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा भेट्थिन् नामुद डन

एजेन्सी– शिवसेनाका वरिष्ठ नेता तथा भारतीय राज्यसभाका सांसद सन्जय राउतले बुधबार भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी मुम्बईमा पुराना डन करिम लामासँग भेट्न पुग्ने गरेको दाबी गरेका छन् । 

कुनै समय पत्रकार रहेका सन्जयले मुम्बईको अन्डरवल्र्डहरुको विषयमा बोल्दै दाउद इब्राहिम, छोटा शकिल तथा शरद शेट्टीले त्यहाँको महानगरका क्षेत्रमा नियन्त्रण राख्ने गरेको पनि बताएका छन् ।

पुणेमा भएको एक कार्यक्रममा उनले इन्दिरा गान्धीले करीम लामालाई भेट्ने गरेको दाबी गरेका हुन् ।

उनको यो दाबीले भारतीय राजनीतिमा फेरि अर्को बहस ल्याउने अनुमान भारतीय मिडियाले गरेका छन् । 
 





  • प्रकाशित मिति : माघ २, २०७६ बिहीबार ०:५९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया