आफ्नै शिशू हत्या गरेकी आमा सप्तरीमा पक्राउ

सप्तरीमा आफैले जन्माएको शिशु हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । सप्तरीको रुपनी गाउँपालिका–३ मा नवजात शिशु जन्माएर मारेर फालेको आरोपमा २५ वर्षीय महिलालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

हत्याको झण्डै एक महिनापछि प्रहरी अनुसन्धानबाट आमा नै दोषी देखिएपछि प्रहरीले उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दाको उजूरी दर्ता गरी थप अनुसन्धान थालिएको भारतीले बताए । महिलाको नाम प्रहरीले गोप्य राखेको छ । 

रूपनी गाउँपालिका–३ हर्दियास्थित तिलेश्वर साहको पोखरीमा मंसिर २८ गते माछा मार्न स्थानीयवासीले हालेको जालमा बालिका शिशुको शव फेला परेको थियो । अवैध गर्भबाट छोरी जन्मिएका कारण हत्या गरी फालिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । दुई छोराकी आमा रहेकी ती महिलाको श्रीमान वैदेशिक रोजगारका लागि मलेशियामा रहेका छन् ।





  • प्रकाशित मिति : माघ २, २०७६ बिहीबार २:२४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया