युवा गीतकार वासु उपाध्यायको गीति एल्बम ‘बरिलै’ सार्वजनिक

 

काठमाडौं– युवा गीतकार वासु उपाध्यायको गीति एल्बम ‘बरिलै’ सार्वजनिक भएको छ । सो गीतमा गायक हिमाल सागरले स्वर भरेका छन् । 

गीतको म्युजिक भिडियोमा हिमाल सागर र एलिशा राईले अभिनय गरेका छन् । गीतमा संगीत पनि हिमाल सागरकै छ भने व्यवस्थापन सञ्जय हमालले गरेका छन् ।

राजीव समरको कोरियोग्राफीमा बनेको म्युजिक भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।

गीतकार उपाध्याय स्वयंको प्रस्तुति र शान थापाकाे निर्देशनमा म्युजिक भिडियो बजारमा आएको हो । 

आफूलाई गीत–संगीतमा सानैदेखि रुचि भएको र सो रुचिलाई बरिलैमार्फ प्रस्तुत गर्न पाउँदा गर्व लागेको गीतकार उपाध्यायले बताए ।



आफूले झण्डै तीन सयको हाराहारीमा गीत लेखिसकेको र ती गीतलाई क्रमशः बजारमा ल्याउँदै योजनामा रहेको उनले सुनाए ।

 



  • प्रकाशित मिति : माघ २, २०७६ बिहीबार १५:४७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया