विप्लवलाई सरकारको जवाफ : झण्डा गाड्दैमा बालुवाटारको जग्गा कब्जा भन्न मिल्दैन

काठमाडौं– बुधबार प्रतिवन्धित नेकपा विप्लव समूहले बालुवाटारको विवादित जग्गामा झण्डा गाड्दै सो जग्गा कब्जा गरेको बताएको थियो । सोबारे सरकारले प्रतिक्रिया सावैजनिक गरेको छ । 

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउन बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रतिक्रिया दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारको जग्गामा झण्डा गाड्दैमा जग्गा कब्जा गरिएको नहुने बताए । 

उनले यस प्रकरणमा दोषी कसैलाई पनि सरकारले नजोगाउने दाबी गरका छन् । पत्रकार सम्मेलनमा उनले भने, ‘ठाउँ–ठाउँमा गएर झण्डा गाडेर केही हुनेवाला छैन। कानुनी प्रक्रिया र विधिद्वारा निरुपण गर्ने हो । सरकार कसैलाई जोगाउन लागेको छैन।’

विप्लव समूहले जनताको सम्पतिमा आक्रमण गरेकोमा आक्रोश व्यक्त गर्दै उनले सरकार यस विषयमा सहनशील हुन नसक्ने बताए । 





  • प्रकाशित मिति : माघ २, २०७६ बिहीबार १६:१९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया