आबुधाबीमा १८ नेपालीसहित २४ जना सवार मिनिबस दुर्घटना, पाँचकाे मृत्यु

अबुधाबी– संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा बिहीबार मिनिबस दुर्घटनामा परेको छ । साे मिनीबसमा १८ नेपालीसहित २४ जना सवार थिए ।

दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार मिनीबसमा १८ जना नेपाली रहेको जानकारी आफूले पाएको बताएका छन् । 

राजदूत ढकालले फेसबुकमार्फत साे जानकारी दिँदै मृतकहरुको पहिचान हुन नसकेको उल्लेख गरेका छन् । ढकालले भनेका छन्, ‘मृतक कुन मुलुकका हुन् भन्ने स्पष्ट भइसकेको छैन् ।’

मिनिबस दुर्घटना बिहान साढे ५ बजे अल राहा सडकमा भएको हो । घाइतेहरुकाे माफराक अस्पतालमा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : माघ २, २०७६ बिहीबार १८:०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया