भरतपुरमा पर्यटक बस दुर्घटना, दुईको मृत्यु २३ घाइते

चितवन– चितवनको भरतपुरमा शुक्रबार बिहान बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । भरतपुर अस्पतालमा उपचारका क्रममा २ को मृत्यु भएको हो । 

चितवन प्रहरीका अनुसार मृतकमध्ये एक महिला र एक पुरुष रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन । घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

घाइतेमध्ये १० जना सामान्य उपचारपछि फर्किएका छन् । नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नंको ट्रकमा पछाडिबाट आउँदै गरेको बा१प ७८३ नंको पर्यटक बस बिहान ११ः१५ बजे ठक्कर खाएको थियो । 





  • प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार १७:२०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया