ए डिभिजन लिग : हिमालयन शेर्पाको पहिलो जित

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाले पहिलो जित निकाल्ने क्रममा लिग लिडर मछिन्द्र क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
 
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पहिलो मिनेटमा नै मछिन्द्रका डिफेन्डर पिटर सेगुनको आत्मघाती गोलमार्फत हिमालयनले अग्रता लिएको थियो । 

हिमालयनका विनोद गुरुङको क्रस बललाई पिटरले हेडमार्फत क्लियर गर्न खोज्दा आप्mनै पोस्टमा गोल हुन पुगेको थियो । 

खेलको २०औँ मिनेटमा विजय श्रेष्ठले हिमालयनको अग्रतालाई दोब्बर बनाए । उनले नीरज बस्नेतको फ्रिकिक बललाई हेडमार्फत उत्कृष्ट गोल गरेका थिए । 

हिमालयनका विजय श्रेष्ठ खेलको उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा पहिलो हार बेहोरेको मछिन्द्र अंक तालिकाको दोस्रो स्थानमा झरेको छ ।  

प्रतियोगितामा पहिलो जित निकालेको हिमालयन ७ खेलबाट ७ अंक जोड्दै लिगको ९औँ स्थानमा उक्लिएको छ । 
 





  • प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार १७:३१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया