कस्तो फिल्ममा काम गर्दै छन् प्रभास ?

एजेन्सी– साहो फिल्मबाट एकपटक फेरि प्रशंसकको मन जितेका प्रभास अहिले अर्को फिल्मको सुटिङमा व्यस्त छन् । बाहुबलीका यी स्टारले लामो समय सम्म कुनै पनि फिल्ममा काम गरेनन् । 

त्यसैले उनका प्रशंसकहरु उनको फिल्मको प्रतीक्षामा बसिरहेका थिए । 

अब उनले नयाँ फिल्मको सुटिङ चाहिँ सुरु गरेका छन् । यसको जानकारी पनि उनी आफैंले दिएका छन् । उनले सामाजिक सन्जाल इन्स्टाग्राममा एउटा तस्वीर अपलोड गर्दै यो जानकारी दिएका हुन् । उनले अब नयाँ फिल्मको सुटिङ सुरु भएको बताएका छन् । 

तर, यो फिल्मबारे केही पनि जानकारी खासै बाहिर आएको छैन । 





  • प्रकाशित मिति : माघ ४, २०७६ शनिबार १०:५३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया