प्रिमियर लिगमा हुँदैछन् ८ खेल

काठमाडौं– प्रिमियर लिगको २३ औं चरण अन्तर्गत आज ८ वटा खेलहरु हुँदैछन् । प्रिमियर लिगमा ठूला मानिएका क्लबहरु म्यान्चेस्टर सिटी, चेल्सी, आर्सनल तथा टोटनह्याम मैदानमा उत्रिँदै छन् । 

नेपाली समय अनुसार साँझ सवा ६ बजे हुने आजको पहिलो खेलमा टोटनह्याले वाट्फोर्डको सामना गर्नेछ । 

त्यस्तै नेपाली समय अनुसार राति पौने ९ बजे एकै साथ ६ खेलहरु हुनेछन् ।

साविक विजेता म्यान्चेस्टर सिटीले क्रिस्टल प्यालेसको सामना गर्ने छ भने आर्सनलको भेट सेफिल्ड युनाइटेडसँग हुनेछ । त्यस्तै, साउथह्याम्पटनले वुल्भ्ससंग प्रतिस्पर्धा गर्ने छ भने इभर्टन तथा वेस्ट ह्याम पनि आमने–सामने हुनेछन् । 

नर्विच सिटीले तथा वर्न माउथको सामना गर्दा व्राइटन र एस्टन भिल्लाले पनि एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । आजको अन्तिम खेल नेपाली समय अनुसार राती सवा ११ वजे चेल्सी तथा न्युकासल युनाइटेड बिच हुने छ ।





  • प्रकाशित मिति : माघ ४, २०७६ शनिबार १३:५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया