बलिउडमा एउटा डिभोर्सको कारण यस्तो

एजेन्सी– कल्की कोचलिन आजभोलि गर्भवती छिन् र उनी रमाइलो गर्न विभिन्न कार्यक्रममा पनि पुगिरहेकी छिन् । त्यस्तै केही दिनअघि उनी करिना कपुर खानको टक सोमा पुगेकी छिन् । त्यहाँ उनले आफ्नो व्यवसायिक जीवनबारे मात्र होइन, व्यक्तिगत जीवनबारे पनि खुलेर कुरा गरेकी छिन् ।

उनी अनुराग कश्यपसँग विवाह सम्बन्धमा बाँधिएकी थिइन् । तर, यी दुईको सम्बन्ध लामो समयसम्म रहन सकेन । त्यसपछि दुवै एकअर्कासँग छुट्टिए । 

तर, अहिले पनि उनीहरु राम्रा साथी चाहिँ हुन् । 

करिनासँग कुरा गर्दै कल्कीले अहिले पनि आफूहरु राम्रो साथी भएको तर त्यति बेला दुई जनाको सपना र चाहना अलगअलग भएकाले सम्बन्धविच्छेद गरेको बताएकी छिन् । 





  • प्रकाशित मिति : माघ ४, २०७६ शनिबार १३:४१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया