सधैं दाहिने औंलामा औंठी किन लगाउँछिन् केकी ?

काठमाडौं– केकी अधिकारी नाम चलेकी अभिनेत्री हुन्, नेपाली फिल्म क्षेत्रमा । भलै उनले काम गरेका अधिकांश फिल्मले ‘बक्स अफिस’मा त्यति राम्रो प्रदर्शन गर्न सकेका छैनन् । तर, उनी नेपाली निर्देशकको नजरमा चाहिँ परिहाल्छिन् । 

त्यसो त केकी उनको अध्ययनको बानी र उनले सामाजिक विषयमा राख्ने अभिव्यक्तिका कारण पनि कहिलेकांही चर्चामा आइरहेकी हुन्छिन् । उनीबारे गसिपहरु पनि बनिरहेका हुन्छन् । 

तिनै केकी चाहिँ अन्धविश्वासी पनि छन् । अन्धविश्वासकै कारण त होला, उनी आफ्नो औंलामा सधैं औंठी लगाउँछिन् । ‘दाहिने हातको माइली औंलामा,’ उनले केही दिनअघि एक पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेकी छिन्, ‘राशिअनुसारको औंठी छुट्दैन ।’ उनले यो औंठी आफ्नी आमाले लगाइदिएकाले पनि हत्तपत्त नफुकाल्ने गरेको बताएकी छिन् । 

‘तर, सुटिङ गर्दा त फुकाल्नु पर्छ,’ उनले भनेकी छिन्, ‘पर्दामा पात्रअनुसार आफूलाई उभ्याउनु पर्छ ।’ के थाहा केकीले यो औंठी सुटिङमा पनि फुकालिनन् भने उनको ‘भाग्य’ थप चम्किने पो थियो कि ? 





  • प्रकाशित मिति : माघ ५, २०७६ आइतबार १०:२३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया