पाकिस्तानले भारतलाई भन्यो– पहिलो आफ्नो घर सम्हाल्नू

एजेन्सी– भारतले गलत ढंगले आफ्ना अल्पसंख्यकको अधिकारको विषयमा ब्रिफिङ गरिरहेको पाकिस्तानले आरोप लगाएको छ । यसका साथसाथै पाकिस्तानले भारतलाई पहिले आफ्नो चिन्ता गर्नु नै ठिक हुने बताएको छ । 

पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतले अल्पसंख्यकसँग जोडिएको मुद्दामा भारतले अनावश्यक रंग दिएको आरोप लगाएको हो ।

पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतीय प्रशासनलाई भनिएको छ, ‘उनीहरु संकुचित राजनीतिक अजेन्डाअनुसार दोस्रो ठाउँका अल्पसंख्यकको चिन्ता गर्न बचुन् । पहिले भारतले आफ्नो घर सम्हालोस् र त्यहाँ रहेका अल्पसंख्यकलाई सुरक्षित गरोस् ।’ 

पाकिस्तानले आफ्नो संविधानअनुसार अल्पसंख्यकको पूरै सुरक्षा र अधिकार आफूहरुले दिएको पनि दाबी गरेको छ ।





  • प्रकाशित मिति : माघ ५, २०७६ आइतबार १०:५९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया