आस्था राउतलाई पक्राउ गर्ने तयारी गर्दै प्रहरी, एक वर्ष जेल सजाय हुनसक्ने

काठमाडौं– प्रहरीले गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । 

योसँगै अब काठमाडौं जिल्ला प्रशासनले आस्थाविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ । गत बुधबार त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचमा एक महिला प्रहरीमाथि राउतले दुव्र्यवहार गरेको आरोप लागेको हो । चेकजाँचका क्रममा महिला प्रहरीले ज्याकेट खोल्नु, कफी नल्याउनु भन्दा आस्थाले अनावश्यक ‘लफडा’ गरेकी थिइन् । लगत्तै उनले फेसबुकमा एउटा भिडियो राख्दै ती महिला प्रहरी र प्रहरी प्रशासनविरुद्ध जथाभावी बोलेकी थिइन् ।

अभद्र व्यवहारमा २५ लिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल सजायको व्यवस्था हुने प्रावधान रहेको छ । 

याे पनि पढ्नुहाेस्

आस्था राउतले देखाइरहेको आफ्नो ‘औकात’

विमानस्थलमा सुरक्षाका लागि खटिएकी रमिता श्रेष्ठले आस्थाविरुद्ध जाहेरी दिएकी हुन् । उनले जेकचाँचका क्रममा आस्थाले आफूमाथि दुव्र्यवहार गरेको जाहेरीमा उल्लेख गरेकी छिन् । 



अर्कोतिर, आस्था राउतले पहिले सार्वजनिक गरेको भिडियो आफ्नो सामाजिक सन्जालबाट हटाएकी छिन् । उनले दोस्रो भिडियो बनाउँदै माफी मागेकी छिन् । तर, दोस्रो भिडियोमा पनि उनले विमानस्थलमा आफ्नो गल्ती नभएको दाबी गरेकी छिन् ।

आस्थाको भिडियो सार्वजनिक भएसँगै उनको विषयमा सामाजिक सन्जालमा व्यापक बहस भएको छ । अन्य कलाकार तथा गायकहरुले पनि आस्थालाई संयमित रहन सुझाव दिएका छन् । 



  • प्रकाशित मिति : माघ ५, २०७६ आइतबार ११:१२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया