दुई पत्नीले प्रहरी चौकी पुगेर लगाए श्रीमानको भागवण्डा, ३–३ दिन सँगै बस्ने
साङ्केतिक तस्वीर

एजेन्सी– भारतको राँची शहरमा शनिबार एउटा अचम्मको मुद्दा अगाडि आएको छ । त्यहाँ दुई पत्नीले एक व्यक्तिलाई साथमा रहनका लागि उनका दिनहरुको भागवण्डा गरेका छन् । पतिले सातामा तीन तीन दिन दुवैजनालाई दिने विषयमा सहमति पनि भएको छ । दुवै महिलाले पतिलाई एक दिन छुट्टी दिने भएका छन् ।

खासमा यी युवककी कान्छी श्रीमती शनिबार प्रहरी चौकीमा पुगेर उनी पाँच दिनदेखि घरमा नआएको उजुरी दिएकी रििहछिन् । उनी जेठी श्रीमतीसँग बसेका रहेछन् । 

त्यसपछि प्रहरीले ती पतिलाई खोजेर फेला पारेको हो । यी युवा हुन्, राजेश कुमार । उनले अब तीन तीन दिन पत्नीहरुसँग नबिताए कुनै पनि पत्नीले प्रहरीकहाँ गएर उजुरी गर्ने बताइएको छ ।





  • प्रकाशित मिति : माघ ५, २०७६ आइतबार ११:२८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया