पासपाेर्ट बनाउन नक्कली नागरिकता लिने युवा पक्राउ
साङ्केतिक तस्वीर

लमजुङ– जिल्ला प्रशासन कार्यालय लमजुङमार्फत एक युवकले राहदानी बनाउन नक्कली नागरिकता पेस गरेको तथ्य खुलेको छ । राहदानी बनाउन आएका साविक मालिङ गाविस ६ ठेगना उल्लेख गरिएको सुवास लामालाई प्रशासनले नियन्त्रणमा लिएको हो । लामाले पेस गरेको नागरिकता नक्कली भेटीएपछि अनुसन्धानका लागी प्रशासनले युवकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

राहदानीका लागी आवश्यक कागजात पेश गर्दा नागरिकता संकास्पद देखिएपछि अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए । प्रारम्भिक अनुसन्धानबाट लामाको नाममा रहेको नागरिकता नक्कली भेटीएको र नागरिकता सहित युवकलाई नियन्त्रणमा लिइएको प्रजिअ खड्काको भनाई छ । जिल्ला प्रशासन कार्यालय लमजुङबाट जारी गरिएको देखिएको उक्त नागरिकतामा प्रमाणपत्रको नम्बर ४५ हुनुपर्नेमा ४४ उल्लेख छ । उक्त कोड गोरखा जिल्लाको कोड हो ।

०७४ साल बैशाख ३१ गतेको स्थानिय तहको निर्वाचनपछि तत्कालीन मालिङ गाविस क्होलासोंथर गाउँपालिका २ भएको छ । ०७४ पुस १७ गते जारि गरिएको उक्त नक्कली नागरिकतामा मालिङ ६ उल्लेख छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमा राहदानीका लागी कागजपत्र पेश गरेका लामालाई प्रहरीले शुक्रबार नै नियन्त्रणमा लिएको हो ।





  • प्रकाशित मिति : माघ ५, २०७६ आइतबार ११:५४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया