Thu, 27 Feb, 2020


ओली–प्रचण्ड छलफल सकियो, ४ बजे बस्ने सचिवालय बैठकले सभामुख टुङ्गो लगाउने
फरकधार / माघ ५, २०७६
फाइल तस्वीर ।

काठमाडौं– सभामुख उम्मेदवार बारे छलफल गर्न जुटेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वयको बैठक सकिएको छ । 



अब उनीहरुबीच भएको छलफललाई मूर्त रुप दिन नेकपाको सचिवालय बैठक बोलाइएको छ । आज दिउँसो चार बजे बस्ने सचिवालय बैठकले सभामुखको टुङ्गो लगाउने अनुमान गरिएको छ । 

यसअघि अध्यक्षद्वयको बैठकमा सभामुखबारे छलफल भएको हुनसक्ने अनुमान भएको छ । तर, उनीहरु के निष्कर्षमा पुगे भन्ने सार्वजनिक गरिएको छैन । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्