काठमाडौं– प्रमुख विपक्षी नेपाली कांग्रेसले सूचना प्रविधि विधेयकको विरोध गर्दै प्रधानमन्त्रीलाई देशभरबाट विरोध पत्र पठाएको छ ।
सो विधेयक संसदमा विचाराधीन छ । सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गर्दै कांग्रेसले देशभरबाट विरोध पत्र पठाएको हो ।
कांग्रेसले हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र पठाएका हुन् ।
यसैबीच, काठमाडौं जिल्ला कार्यसमितिले पनि जुलससहित जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।