लाङटाङ राष्ट्रिय निकुञ्ज घुम्न गएका दुई विद्यार्थी तीन दिनदेखि बेपत्ता

नुवाकोट– लाङटाङ राष्ट्रिय निकुञ्ज घुम्न गएका दुईजना विद्यार्थी तीन दिनदेखि बेपत्ता भएका छन् । रसुवाको गोसाइँकुण्ड घुमेर फर्कँदै गरेका दुई विद्यार्थी बेपत्ता भएका हुन् ।

नुवाकोटको घ्याङफेदी आसपासबाट हेलम्बु सिन्धुपाल्चोकका १७ वर्षीय वाङगेल शेर्पा र जोरपाटी काठमाडौंका जापान लामा शुक्रबारदेखि बेपत्ता भएका हुन् । उनीहरु दुवैजना राजधानीको बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी हुन् । 

हेलिकप्टरबाट उनीहरुको खोजी कार्य भइरहे पनि उनीहरु फेलापरेका छैनन् । उनीहरु माघ २९ गते हेलम्बु पुगेका थिए ।





  • प्रकाशित मिति : माघ ५, २०७६ आइतबार १७:३२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया