एकातिर बच्चा जन्मिँदाको खुसी, अर्कोतिर बोनम्यारो क्यान्सरको पीडा, सहयोग मागिरहेछन् अर्जुन

काठमाडौं– ३ वर्षअघि अष्ट्रेलिया जाँदा अर्जुन तिमल्सिना र उनकी श्रीमतीले सुन्दर भविष्यको कल्पना गरेका थिए । अर्जुन श्रीमतीको डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पुगे । 

पोखराका अर्जुनकी श्रीमती पढ्दै थिइन् । उनी गर्भवती भइन् । त्यसपछि यो दम्पत्तिमा झन् खुसीयाली छायो । 

केही दिनअघि अर्जुनकी श्रीमतीलाई अस्पताल भर्ना गर्ने भइयो । उनीहरु आफ्नो पहिलो बच्चा एक्सपेक्ट गरिरहेका थिए । श्रीमतीलाई अस्पताल लिएर गएका अर्जुनलाई पनि अचानक झाडापखाला भयो ।

केही दिनसम्म पनि पखाला निको नभएपछि अर्जुनले रगत परीक्षण गर्ने भए । श्रीमती प्रसव वेदनामा थिइन्, अर्जुनको रगत परीक्षणको जे रिजल्ट आयो, त्यसले यो दम्पत्तिमाथि अर्को पीडा थपियो । परीक्षणबाट पत्ता लाग्यो– अर्जुनलाई बोनम्यारो क्यान्सर भएछ ।

अहिले अर्जुन अस्पतालमा नै छन् । उनले बच्चा पाउनुको खुसीलाई पनि खुसी मनाउन सकेका छैनन् । चिकित्सकहरुले उनलाई तीन महिनाभित्र बोनम्यारो प्रत्यारोपण गर्न सुझाव दिएका छन् । 

अहिले अर्जुनलाई किमो दिन थालिइसकिएको छ ।



तर, बोनम्यारो प्रत्यारोपणका लागि अर्जुनलाई ३ लाख डलर आवश्यक हुने भएको छ । विद्यार्थीको डिपेन्डेन्ट भएर अष्ट्रेलिया पुगेका अर्जुन त्यसैले सहयोगको याचना गरिरहेका छन् ।  

अष्ट्रेलियाको ब्रिसबेनमा बस्ने अर्जुनलाई उपचारका लागि आवश्यक रकम जुटाउन त्यहाँको नेपाली समुदायले थालिसकेको छ । अर्जुनले सहयोगको याचना गरेका छन् । तपाईं पनि उनलाई सहयोग गर्न चाहनुहुन्छ भने तलको लिंक क्लिक गरेर सहयोग गर्न सक्नुहुनेछ ।



गाेफन्डबाट अर्जुनलाई सहयाेग गर्न यहाँ क्लिक गर्नुहाेस् ।

  • प्रकाशित मिति : माघ ५, २०७६ आइतबार २२:१०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया