१ वर्षे यी नानी जसका छन् इन्स्टाग्राममा एक लाख फलोअर्स

सामन्य सोचाइ हुन्छ, इन्स्टाग्रामजस्ता सामाजिक सन्जालमा लाखौँ फलोअर्स सेलेब्रिटीका मात्र हुन्छ । तर, यो सोचाइ गलत प्रमाणित गरिदिएकी छिन् एक वर्षे एक बालिकाले । 

सुन्दा अचम्म लाग्न सक्छ, तर जापानकी एक वर्षीया बेबी चान्कोका इन्स्टाग्राममा एक लाखभन्दा धेरै फलोअर्स छन् । यति मात्र होइन, उनीसँग मोडलिङ एजेन्सीले मोडलिङका लागि सम्झौता पनि गरिसकेको छ । इन्स्टाग्राममा ३ लाख ५४ हजारभन्दा धेरै फलोअर्सको हुनुको कमाल चाहिँ उनको कपाल हो । उनी अब विज्ञापनमा पनि देखिने भएकी छिन् । त्यो पनि स्याम्पुको ।

चान्को ४ महिनाकी हुँदा उनकी आमाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरिदिएकी थिइन् । रातारात त्यही फोटो भाइरल भएको थियो । उनकी आमा छोरीको प्रसिद्धीका कारण खुसी छिन् । उनले एक वर्षमा नै यति राम्रो कपाल हुने कुराले आफूलाई पनि अचम्ममा पारेको बताउँदै आएकी छिन् । 





  • प्रकाशित मिति : माघ ६, २०७६ साेमबार ९:२३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया