भाइरल ज्वरोले सतायो, घरमै यी उपाय अपनाउनुहोस्

एजेन्सी–

भाइरल ज्वरोका केही लक्षण र बच्ने केही उपायः
घाँटीमा दुखाइ
मांसपेशीहरु दुख्नु
घाँटी खसखसाइरहनु
आँखा पोलिरहेको जस्तो अनुभव हुनु
थकाइ महसुस हुनु
शरीरको तापक्रम निकै धेरै हुनु

 

कसरी बच्ने ? 
सरसफाइमा ध्यान दिनुहोस्
खोक्दा वा आच्छ्युँ गर्दा रुमालले मुख ढाक्नुहोस्
खाना अघि राम्रोसँग हात धुने बानी बसाल्नुहोस्
उमालेको पानी पिउने गर्नुहोस्

 

भाइरल ज्वरोबाट राहत पाउनका लागि केही घरेलु उपायः



धेरै पानी पिउनुहोस्ः
भाइरल ज्वरो आउँदा सकेको धेरै पानी पिउने गर्नुपर्छ । यसका साथै जुस तथा क्याफिन नभएको चियाको सेवन पनि गर्दा राम्रो हुन्छ । धेरैजसो फलफूलमा एन्टिअक्सिडेन्ट्स चाहिएको हुन्छ, त्यसको सेवन गर्नु निकै आवश्यक हुन्छ । ज्वरो सँगसँगै पखाला पनि लागेको छ भने जीवनजलजस्ता पेय पदार्थको सेवन गर्नु पर्ने हुन्छ ।

कागतीको प्रयोगः
कागतीलाई बीचबाट काटेर पैतालामा दल्दा पनि ज्वरोबाट आराम मिल्छ । कागतीको टुक्रा मोजामा हालेर रातभर खुट्टामा लगाएर सुत्दा पनि यसले ज्वरो ठिक पार्छ ।  



लसुनः
लसुनको टुक्राहरुले पनि हामीलाई ज्वरोबाट बच्न सहयोग गर्छ । लसुनमा बेसार मोलेर खाँदा पनि हुन्छ वा यत्तिकै दैनिक दुई पोटी लसुन खाँदा धेरै फाइदा पुग्छ । 

  • प्रकाशित मिति : माघ ६, २०७६ साेमबार ८:५५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया