हाम्राे शरीरलाई किन चाहिन्छ ब्रेकफास्ट ?

एजेन्सी– खाजा खानु स्वास्थ्यका लागि राम्रो भए पनि यसले तौल घटाउन मद्दत नगर्ने एउटा अनुसन्धानले देखाएको छ । खाजा खानेले हरेक दिन २६० क्यालोरी लिइरहेका हुन्छन् । खाजा नखानेको तुलनामा खानेको तौल आधा किलो बढी हुने देखाएको छ ।

तर, केही विशेषज्ञहरू भने खाजा क्याल्सियम र फाइबरको राम्रो स्रोत मान्छन् । खाजा खानाले एकाग्रता र ध्यान दिने क्षमता बढ्छ । खासगरी, यसको बढी फाइदा बच्चाहरूलाई हुन्छ । खाजाले ऊर्जा र आवश्यक पोषक तत्त्व पनि दिन्छ ।

कैयौं अध्ययनले अरू समयभन्दा बिहानको खाजाले हाम्रो स्वास्थ्यलाई फाइदाजनक हुने देखाएको छ । तर, अस्ट्रेलियाको नयाँ अनुसन्धानले खाजा र तौलमा हुने गडबडीलाई लिएर १३ वटा फरकफरक परीक्षण गरेको छ ।

त्यसैगरी मोनास विश्वविद्यालयको यो अनुसन्धानले खाजा खानुभन्दा छोड्नु नै स्वास्थ्यका लागि फाइदाजनक भएको देखाएको छ । सो अध्ययनअनुसार खाजा खान छोड्नेहरू कम क्यालोरी लिन्छन् उनीहरूलाई दिउँसो पनि भोक कम लाग्छ । तर, जवान युवायुवतीलाई तौल घटाउनका लागि खाजा छोड्ने सल्लाह दिँदा सावधानी अपाउनुपर्छ, किनभने यसको उल्टो प्रभाव पनि पर्न सक्छ ।

किन आवश्यक हुन्छ खाजा ?

ऊर्जा तथा प्रोटिनका लागि खाजा फाइदाजनक मानिन्छ । यो अध्ययनमा केही मानिसमाथि निकै छोटो समयमा परीक्षण गरिएको थियो । यसबाट खाजा खाने र नखानेबीचको क्यालोरीमा त्यति धेरै अन्तर नभएको देखाएको छ भने खाजा खान छोड्नेहरूमा केही असर पनि गर्न सक्छ । यसबारे सही ढंगले बुझ्नका लागि अझै अनुसन्धान गर्न आवश्यक छ ।



क्याल्सियम अनि फाइबर

डाइटेसियन र किङ्स कलेज लन्डनको न्युट्रिसन साइन्स डिपार्टमेन्टका प्र्रमुख प्रोफेसर केबिन वेलन बिहान धेरै क्यालोरी लिन नहुने बताउँछन् । उनी भन्छन्, ‘यो अध्ययनले खाजा खानु स्वास्थ्यका लागि हानिकारक छ चाहिँ भन्दैन । यदि खाजामा अन्न र दूध लिइन्छ भने यसले शरीरमा आवश्यक पोषक तत्त्व अर्थात् क्याल्सियम र फाइबर पाइन्छ ।’ 



तर, अस्ट्रेलियाको यो अनुसन्धानले यो त्यति चासो देखाएन । सो अनुसन्धानमा भनिएको छ, ‘हामीले खाजा मोटोपनको कारण भनेका छैनौं ।’
 

  • प्रकाशित मिति : माघ ६, २०७६ साेमबार ९:२३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया