दैनिक एक गिलास दूध पिउनुहोस्, तौल घटाउनुहोस्

एजेन्सी– दूधलाई क्याल्सियमको राम्रो स्रोत मानिन्छ । त्यसैले पनि दूध पिउँदा शरीरलाई अत्यन्त राम्रो हुने विज्ञहरुले बताउँछन्, शोधहरुको निष्कर्ष निस्कन्छ । कतिसम्म भने दैनिक एक गिलास दूध पिउँदा तौल पनि घटाउन सकिन्छ ।

दूधमा हुने आइरनलाई छोडेर अन्य पोषक तत्वहरुले पनि शरीरलाई फाइदा गर्छन् किनकि दूधमा प्रोटिन, भिटामिन ए, बी १, बी १२, क्याल्सियम, म्याग्नेसियम पाइन्छ । यसले हाम्रो शरीरका हड्डीहरुलाई बलियो बनाउनुका साथै हामीलाई राम्रो निद्रा पनि दिन्छ । हाम्रो प्रतिरक्षा प्रणाली बलियो बनाउन पनि दूधको ठूलो भूमिका हुन्छ । 

दूध प्रोटिनको राम्रो स्रोत भएकाले पनि यसले तौल घटाउन विशेष भूमिका खेल्छ । प्रोटिनले हाम्रो शरीरमा रहेको भोक जगाउने हर्मोनको स्तरलाई कम गर्छ र हामीलाई कम खाना खाने मन हुन्छ । जसका कारण हाम्रो तौल घट्छ ।

दूधमा भिटामिन बी ३ पनि हुने भएकाले यसले शरीरमा ऊर्जा पनि कम गर्दैन । जसले गर्दा हामीलाई केही खानेकुरा खान पनि हुँदैन । त्यसैले पनि दूधले हाम्रो तौल घटाउन सहयोग गर्ने विभिन्न शोधहरुले पछिल्लो समयमा पत्ता लगाएका हुन् ।





  • प्रकाशित मिति : माघ ५, २०७६ आइतबार २३:१६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया