उपसभामुखको राजीनामा, जेष्ठ सदस्यले बैठक चलाउने

उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले संसद बैठक अगाडि राजीनामा दर्ता गराउने तयारी भएको छ ।

दिउँसो एक बजे संसद बैठक बोलाइएकाले त्यस अगाडि नै राजीनामा बुझाइने उपसभामुखका सञ्चार विज्ञ संयोजक शेखर अधिकारीले बताए । उपसभामुखको राजीनामा संसद बैठक बढेर सुनाउने र सभामुख चयन प्रक्रिया अगाडि बढाउने तयारी भएको छ ।

बलात्कार प्रयासको अभियोगमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । तर, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख नछोड्ने भए पछि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने भएकी हुन् ।

उसभामुखको राजीनामा पछि सभामुख पदमा नेकपाले अग्नी सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

सभामुख र उपसभामुख दुवैले राजीनामा दिए पछि जेष्ठ सदस्य महन्थ ठाकुरले बैठक सञ्चालन गर्नेछन् । उपसभामुख तुम्बाहाङ्फेले संसद बैठक पछाडि पत्रकार सम्मेलन गर्ने भएकी छन् ।





  • प्रकाशित मिति : माघ ६, २०७६ साेमबार ११:५२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया